सहारा संवाददाता–––––––––––––––
कलैया, ०५ मंसिर ।
बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएर फरार रहेका १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले चेक अनादर र कुटपिट मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट ५ जनालाई बुधवार पक्राउ गरिएको जिप्रका बाराले जनाएको छ ।
त्यसै गरी मंगलवार पनि ८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
प्रहरीले मंगलवार लागू औषध, चेक अनादर, सवारी दुर्घटना, डांका र कुटपिट अंगभग बारदात पश्चात फरार रहेका ८ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत, कलैयामा दाखिला गरिएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box