सहारा दैनिक

spot_img
Homeदेशसत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

सप्तरी, ४ मंसिर (रासस)
राजगढ गाउँपालिका ४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका ४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।
टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका ३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।
निजलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -