सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० कार्तिक ।
पर्सा प्रहरीले ८७ लाख भन्दा बढिको औषधीहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सप्तरीतर्फ जांदै गरेको औषधीहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकमा ना.३ ख ६९७१ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका औषधीहरु लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको ८७ लाख ६१ हजार ६ सय ७० बराबरको औषधीहरु आवस्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box