सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ कार्तिक ।
प्रहरीले बेश्यावृती कार्यमा सलंग्न १२ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले ७ महिला र ५ जना पुरुषलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं.१६ स्थित ईनर्वा भन्सार वरिपरी रहेका होटलहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानहरूबाट अनैतिक क्रियाकलापमा सलंग्न ७ जना महिला र ५ जना पुरुषहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
बेश्यावृती कार्यमा सलंग्न १२ जना पक्राउ
Facebook Comments Box