भरतपुर, १३ कात्तिक (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइ“दैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।
विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहा“ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहा“ले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नया“ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौ“ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौ“, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”
यसैगरी उहा“ले नया“ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरू न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको धारणा राख्नुभयो । “का“ग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् तर नया“ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानविन गर्न पाइ“दैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन”, महासचिव पोखरेलको भनाइ थियो । पटकपटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उहा“ले विश्वास व्यक्त गर्नुभयो ।
अनुसन्धान गर्न पाइ“दैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैन–महासचिव पोखरेल
Facebook Comments Box