सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० कार्तिक ।
पर्सा प्रहरीले अवैधरूपमा लगाइएको २ बिघा गाँजा खेती फाडानी गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्सागढी न.पा. वडा नं. १ गुलरिया र वडा नं. ३ झबराहा स्थितमा लगाइएको गाँजा खेती फाडानी गरेको हो ।
प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ बिघामा रहेको १५ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
प्रनाउ भारतीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी दिनु भयो ।
Facebook Comments Box