सहारा दैनिक

spot_img
Homeदेशभन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित...

भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ

काठमाडौँ, ९ कात्तिक (रासस)
भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भिर्त्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ना ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान सर्ट, ६३ थान साडी, एक बोरा जिरा र एक बोरा खुर्सानी भन्सार छलेर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा आज कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा सवारी चालक मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास पोख्रेल र सहचालक रामेछापको मन्थली नगरपालिका–१४ बस्ने ३६ वर्षीय यामलाल घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
भन्सार छलीका सामग्रीसहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरणमा पठाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -