सहारा दैनिक

spot_img
Homeदेशउपेन्द्र यादवले सत्ताको लोभमा मधेससंग दर्जनौं पटक धोका दियो–मन्त्री यादव

उपेन्द्र यादवले सत्ताको लोभमा मधेससंग दर्जनौं पटक धोका दियो–मन्त्री यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ कार्तिक ।
खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण जनता समाजवादी पार्टी (जसपा) गठन गरिएको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) निकट संघीय शिक्षक फोरम पर्सा जिल्ला कार्यसमिति र वीरगंज महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
उहाले जसपा नेपालको नेतृत्वले अधिनायकवादलाई प्रश्रय दिएर, धोका दिने बानी बसालेर पार्टीको मूल उद्देश्यलाई कमजोर बनाएको कारण जसपाको स्थापना गरिएको बताउनु भयो ।
उहाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससंग दर्जनौं पटक धोका गरेको आरोप लगाउदै पार्टीमाथि तानाशाह जस्तो एकलौटी शासन गरे । असहृय भएर हामीले पार्टीबाट छुटिन निर्णय गर्‍यौं भन्नु भयो ।
जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपा नेपाल पर्सा जिल्लामा मात्र नभई मधेसभरिबाटै छिट्टै अन्त्य हुने दाबी गर्नु भयो ।
उहाले पार्टीको नीतिहरू र नवप्रवर्तनलाई सम्बोधन गर्दै यसले समाजका सबै वर्गहरूको जीवनस्तर उकास्न ठोस कदम चाल्ने बताउनुभयो । हामी राजनीतिक सीमारेखामा सीमित रहन चाहन्नौं, हाम्रो उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने हो । जसपाले विकासका कार्यहरूमा केन्द्रित हुंदै स्थानीय समस्या समाधान गर्नेछ र जनताको अपेक्षाहरू पूरा गर्ने दिशामा कदम चाल्ने छ भन्नुभयो ।
मन्त्री यादवले पर्सामा शिक्षक फोरमको नयाँ नेतृत्वले जसपा पार्टीलाई पनि अझ सशक्त बनाउने विश्वास लिएको बताउदै जनताको सेवामा जसपा अझ सकृयताका साथ लाग्ने भन्दै एकताबद्ध संगठन र जन समर्पित नेतृत्वको बलमा साझा उद्देश्यहरू हासिल गर्ने लक्ष्यमा अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशनपनि दिनु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई सुदृढ बनाउन र जसपाको राजनीतिक रणनीतिलाई सशक्त बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।
उहाले महिला सशक्तीकरण र युवा नेतृत्व विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउदै पिछडिएका समुदायलाई पनि समेटेर सबै वर्गको प्रतिनिधित्व हुने किसिमको पार्टी हामीले स्थापित गर्नुपर्छ भन्नु भयो ।
मेयर सिंहले कार्यकर्ताहरूलाई चुनाव जित्नका लागि मात्र नभई जनताको हितमा काम गर्न प्रेरित गर्दै भन्नुभयो, जसपाले जनताको जीवनमा सुधार ल्याउनका लागि हरेक सम्भावनाको खोजी गर्नेछ । अब यो पार्टी सबै तह र वर्गका नागरिकहरूको आवाज बन्ने छ भन्नु भयो ।
कार्यक्रममा हरिन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा संघीय शिक्षक फोरमको ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरि घोषणाा गरिएको छ । जिल्ला कार्यसमितिको सहअध्यक्षमा पिंकी यादव,सचिवमा रामाधार प्रसाद साह,सहसचिवमा द्वारिका चौहान र कोषाध्यक्षमा रेणु श्रेष्ठ रहेका छन् ।
त्यस्तै कार्यक्रममा संघीय शिक्षक फोरमको वीरगंज महानगर कार्य समिति पनि घोषणा गरिएको छ ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहन चौधरी,संघीय परिषद सदस्य विपिन यादव,जिल्ला अध्यक्ष सिंगासन साह तेली,महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेताहरु तबरेज अहमद,असलम आलम सुशील साह कानु बैजुलाल स्वर्णकार लगायतकाको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -