सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ कार्तिक ।
प्रहरीले अवैध लागु औषध गाँजा खेती फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले कारवाहीको सिलसिलामा बुधवार पटेर्वासुगौली गा.पा. वडा नं. २ थरकटी स्थित लगाइएको गाँजा खेती फडानी गरेको हो ।
जिप्रका र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको १ बिघा जग्गामा रहेको ७ हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको जिप्रका पर्साले जनाएको छ ।
प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने समेत जानकारी दिएको छ ।
Facebook Comments Box