सहारा दैनिक

spot_img
Homeअपराधविरेन्द्रको हत्या श्रीमती र साथीकै योजनामा भएको खुलासा

विरेन्द्रको हत्या श्रीमती र साथीकै योजनामा भएको खुलासा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ कार्तिक ।
वीरगंज महानगरपालिका वडा नं. ३ निवासी विरेन्द्र साह सोनारको हत्या श्रीमती कै योजनामा भएको खुलेको छ ।
कार्तिक १ गते बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं. १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक मृत फेला परेका विरेन्द्रको हत्या श्रीमती र साथी विजय गुप्ताको योजनामा भएको खुलेको हो ।
विरेन्द्रको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले निजकी मनिशा देवी र साथी विजय गुप्तालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ स्थित शिक्षा कार्यालय नजिकै घर रहेका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा कार्तिक १ गते फेला परेको थियो । असोज २७ गते बारा जिल्ला विश्रामपुर गाउपालिका स्थित मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट साथी विजय संगै निस्किएका सोनारको शव पुल नजिक टाउको पछाडि गम्भिर चोट लागेको अवस्थामा फेला परेको थियो ।
सोनारको हत्या गरिएको अवस्थामा सव फेला परे पछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले हत्याका मुख्य आरोपित श्रीमती मनिशा र गुप्तालाई पक्राउ गरेको हो ।
विरेन्द्रको हत्यामा संलग्न अर्का एक युवकको पहिचान भए पनि हाल फरार रहेकाले त्यसको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
विरेन्द्रको हत्या निजकी श्रीमति मनिषा देवी र पक्राउ परेका विजय बिचको अनैतिक सम्बन्ध र सम्पत्तिका साथै अन्य केहि कारणले गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान पश्चात मात्र यकिन भन्न सकिने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।
प्रनाउ सापकोटाले यस प्रकरणमा अनुसन्धान पुरा भए पछि थप विवरण सहित सार्वजनिक गरिने बताउनु भयो ।
पक्राउ परेका विजयको मृतक विरेन्द्रको घरमा आउजाउ बाक्लै थियो भने विरेन्द्रको घर निर्माण तथा डेकोरेशनमा विजयले लगानी गरेको बताइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -