सहारा दैनिक

spot_img
Homeदेशश्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टद्वारा शोभायात्रा तथा भण्डारा सम्पन्न

श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टद्वारा शोभायात्रा तथा भण्डारा सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ कार्तिक ।
श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्ट वीरगंजले छैठौं वार्षिकोत्सवको अवसरमा शोभायात्रा तथा भण्डारा सम्पन्न गरेको छ ।
ट्रष्टका उपाध्यक्ष एवं शोभायात्रा तथा भण्डारा समितिका संयोजक प्रवेश सर्राफको नेतृत्वमा मंगलवार शोभायात्रा तथा भण्डारा सम्पन्न भएको हो ।
मंगलवार बिहान ८ बजे पालकी शोभायात्रा निकालिएको थियो भने साढे ९ बजे पुजा अर्चना गरिएको छ ।
माइस्थान गिता मन्दिर रोड स्थित रहेको श्री शिरडी साई बाबा मन्दिर परिसरमा दिउसो साढे १२ बजे देखि भण्डारा (महाप्रसाद) आयोजना गरिएको थियो भने ३ बजे देखि सत्संग, भजनकिर्तन आयोजना गरिएको संयोजक सर्राफले बताउनु भयो ।
कार्यक्रममा ट्रष्टका संरक्षक निरज कुमार सर्राफ, अध्यक्ष हिरा साह कानु लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -