सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ असोज ।
नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य बृद्धि गरेको छ ।
निगमको संचालक समितिले बुधवार गरेको निर्णय अनुसार बुधवार बिहान १ बजे देखि लागु हुने गरी पेट्रोलमा रु. १ र डिजेल/मटितेलमा रु. ४ ले बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार निगम संचालक समितिले मुल्य बृद्धि गर्ने निर्णय गरेको निगमद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
निगम संचालक समितिको निर्णय अनुरुप पहिलो वर्गमा पेट्रोलको मुल्य रु. १५६।५० र डिजेल/मटितेलको मुल्य रु. १४८।५० नयाँ मुल्य कायम गरेको छ भने दोश्रो वर्गमा पेट्रोलको रु. १५८ र डिजेल/मटितेलको रु. १५० नयाँ मुल्य कायम गरिएको छ ।
त्यस्तै तेश्रो वर्गमा पेट्रोलको रु. १५९ र डिजेल/मटितेलको रु. १५१ नयाँ मुल्य कायम गरिएको विज्ञप्तीमा उल्लेख छ ।
पहिलो वर्ग अन्तर्गतः चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगंज रहेको छ भने दोश्रो वर्ग अन्तर्गतः सुर्खेत र दाङ रहेको छ ।
त्यस्तै तेस्रो वर्ग अन्तरगत काठमाडौं, पोखरा र दिपायल रहेको जनाइएको छ ।
पेट्रोलीयम पदार्थको मुल्य बृद्धि
Facebook Comments Box