सहारा दैनिक

spot_img
Homeअपराधटुटेश्वरमा युवतीको शव फेला

टुटेश्वरमा युवतीको शव फेला

महोत्तरी, २३ असोज (रासस)
यहाँको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ ।
मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -