सहारा दैनिक

spot_img
Homeदेशजसपा र नेकपा एमाले वीरगंज महानगर समितिद्वारा

जसपा र नेकपा एमाले वीरगंज महानगर समितिद्वारा

मेयर सिंह र वडा सदस्य यादव माथि दुर्व्यवहार गर्ने उपर कारवाहीको माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ असोज ।
जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
जसपा वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवले एक प्रेस विज्ञप्ती जारी गरी मेयर सिंह माथि दुर्व्यवहार गर्ने अलौंका सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेलाई कारबाही गर्न माग गरिएको हो ।
हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिका वडा नं. १७, २४, २५ र २६ को दर्जनौं घरसहित सयौं विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएको र सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला मेयर सिंह माथि दुर्व्यवहारको प्रयास भएको विज्ञप्तीमा उल्लेख छ ।
स्थानीय सरकारको प्रमुखले आफ्नो पालिका भित्रका नागरिकले भोगेको समस्या जान्ने, बुझ्ने र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नु उसको दायित्व कर्तव्य भएको भन्दै विज्ञप्तिमा नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर समस्या आएको ठाउमा स्थलगत रुपमा नै पुगेर समाधानका लागि पहल उठाउनु एउटा सरकार प्रमुखको सह्रानीय कार्य रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अलौंमा शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेले महानगर प्रमुखमाथि दुर्व्यवहार र हुलहुज्जतको प्रयास गर्न खोजेको कार्य निन्दनीय रहेको भन्दै उच्छृंखल घटनामा संलग्नलाई कडा कारबाही गर्न जसपाले माग गरेको हो ।
पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आवश्यक परे प्रतिकार गर्न जनता समाजवादी पार्टी तयार रहेको भन्दै विज्ञप्तिमार्फत चेतावनी पनि दिइएको छ ।
पानीको निकास रोकेर त्यस क्षेत्रका स्थानीयलाई डुबानमा पारी लामिछाने सहितका केही व्यक्ति रमाउन खोजेको देखिएको भन्दै तत्काल त्यहाका आम स्थानीयको जनजीवन सामान्य बनाउन तर्फ सबैलाई लाग्न पनि जसपाले आग्रह गरेको छ ।
विज्ञफ्तीमा अघिल्लो दिन वडा नं. १७ का वडा सदस्य आमोद यादवमाथी आक्रमण गर्ने व्यत्ती र भोली पल्ट सोमबार महानगरका मेयरलाई पनि दुर्व्यवहार गर्ने व्यक्ती उही हुनुले उनीहरु परिचालित र पुर्वाग्रह मानसिकताबाट ग्रसित भएर नियोजित रुपमा नै घटना गराएको देखिएकाले घटनाको यथार्थ छानविन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।
यसै विच नेकपा एमाले वीरगंज महानगर कमिटिका सचिव सुन्दर प्रसाद कुर्मीले पनि विज्ञप्ती जारी गरी डुबानको समस्या समाधान गर्ने उद्देश्यले वडा नं. १७ का वडा अध्यक्ष सन्जिव वहादुर क्षेत्री र सोही वडाका वडा सदस्य आमोद यादव असोज २० गते अलौंको स्थलगत निरीक्षण गर्न गएका वेला स्थानीय सुदर्शन लामिछानेले एक्कासी वडा सदस्य एवं नेकपा एमाले वीरगंज महानगर कमिटी सचिवालय सदस्य समेत रहेका आमोद यादवलाई हातपात र कुटपिट गरेको प्रति घोर भर्त्सना सहित निन्दा गरेको छ ।
विज्ञप्तीमा घटनाको विषयमा कुनै विवाद भए वार्ता र छलफलकै माध्यमद्वारा समस्याको समाधान गर्नु पर्नेमा गुण्डागर्दी शैलीमा हातपात र दुरव्यवहार हुनु कुनै पनि परिस्थितिमा न्यायोचित नरहेकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसंग विज्ञप्ती मार्फत माग गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -