सहारा दैनिक

spot_img
Homeदेश“बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” पुस्तकको विमोचन

“बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” पुस्तकको विमोचन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असोज ।
लेखक तथा पत्रकार श्रीमन्नारायणद्वारा लिखित पुस्तक “बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध”को विमोचन गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १२ स्थित ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रम विच पुस्तकको विमोचन गरिएको हो ।
प्राध्यापक बासुदेवलाल दासको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दि, विशिष्ठ अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउपालिकाका अध्यक्ष शम्भु सिंह, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठले पुस्तकको संयुक्तरुपमा विमोचन गर्नु भयो ।
सो अवसरमा प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले पुस्तकको विषयवस्तुबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण प्रतिक दैनिकका पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -