सहारा संवाददाता–––––––––––––––
कलैया, १८ असोज ।
बारा प्रहरीले बिल बिजक भन्दा बढि तामाको भांडाहरु लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट बिल बिजक भन्दा बढि तामाको भांडाहरु लोड रहेको पिकअप नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश २०३–००१ च ५९३१ नम्बरको पिकअप गाडी शंकास्पद लागेर रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.२१ लाख १६ हजार ५ सय ३३ रूपैया बराबरको पिकअपमा लोड रहेको पलेट र तामाको भाँडा सहित गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पलेट र तामाको भाँडा सहित नियन्त्रणमा लिएको पिकअप गाडी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जनाइएको छ ।
Facebook Comments Box