सहारा दैनिक

spot_img
Homeदेशविपद्बाट २ सय ४२ को मृत्यु, २२ बेपत्ता

विपद्बाट २ सय ४२ को मृत्यु, २२ बेपत्ता

काठमाडौँ, १६ असोज (रासस)
पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -