सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ असोज ।
नेपाल–भारत मुख्य नाकाको रुपमा रहेको वीरगंज–रक्सौल सिमा स्थित वीरगंज भन्सार कार्यालय अगाडि अब तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले वीरगंज स्थित मुख्य सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको विशेष सुरक्षा टोली परिचालन गरेको हो ।
नेपाल–भारतबीचको मुख्य प्रवेश बिन्दुको रुपमा रहेको वीरगंजको मुख्य नाकाबाट लागु औषध लगायतका अवैध रुपमा हुने ओसारपोसार रोक्न हातहतियार तथा बारुद विशेषज्ञ जरमनसेफर्ड जातका याकु नाम गरेको र लागु औषध विशेषज्ञ लेब्राडर जातको दृष्टी नाम गरेको कुकुर सहितको विशेष सुरक्षा टोली परिचालन गरिएको प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजका प्रमुख सप्रनाउ सुरज रिजालले जानकारी दिनु भयो ।
नजिकिदै गरेको चाडवाडलाई लक्षित गरी सीमा सुरक्षामा यी कुकुरहरूले लागूऔषध, हातहतियार र विष्फोटक पदार्थको पहिचान गर्न सक्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा बललाई ठोस सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यो टोली सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखाबाट प्रशिक्षित कुकुरहरूसहित सीमा नाकामा परिचालित गरिएको हो ।
वीरगंजको मुख्य नाकामा कुकुर सहितको विशेष टोली परिचालन
Facebook Comments Box