सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असोज ।
राष्ट्रीय मुक्ति त्रान्ति, नेपालले फोखरियामा तीन तहका सरकार विरूद्ध अनिश्चित कालिन धर्ना कार्यक्रम सुरु गरेको छ ।
राष्ट्रीय मुत्ति क्रान्तिका केन्द्रीय सदस्य नेजामुदिन समानीको नेतृत्वमा आइतवार देखी विभिन्न माग राखी पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरियामा अनिश्चित कालिन धर्ना कार्यक्रम सुरु गरेका हुन ।
पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक–पटक ध्यानाकर्षण गराउदा पनि हाम्रो मांग पुरा नभए पछि बाध्य भई तिनै तहका सरकार विरूद्ध संघर्षको कार्यक्रम तय गरिएको नेता समानीले जानकारी दिनु भयो ।
उहाले प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउनको लागी संघीय सरकार विरूद्ध, पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउनको लागि मधेश प्रदेश सरकार बिरुद्ध र जनता माथी अनावश्यक कर लगाई शेवा विस्तार न गरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको, काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब न दिएको, निर्माण कार्य गराउने तर भुक्तानी न दिने, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा रकम बिनयोजन न गरी माटो ग्रेभल मरम्मतको काम अग्रिम बजेट बाट गर्न लगाएको कारण पोखरिया न.पा. विरूद्ध संघर्षका कार्यक्रम अन्तरगत अनिश्चित कालिन धर्नामा बसेको बताउनु भयो ।
Facebook Comments Box