सहारा दैनिक

spot_img
Homeदेशपुर्व राजा शाहबाट बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त

पुर्व राजा शाहबाट बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असोज ।
पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त गर्नु भएको छ ।
पुर्व राजा शाहले आइतवार एक प्रेस विज्ञप्ती जारी गरी विगत तीन चार दिन देखी आएको अविरल भारी बर्षातका कारण उपत्यका लगायत देशको हिमाल, पहाड र तराइका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाईते हुनु परेको, घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको उल्लेख गर्नु भएको छ ।
उहाले यो दुःखद सन्दर्भमा मृतकहरुप्रति श्रद्धान्जली र तिनका परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नु भएको हो ।
विज्ञप्तीमा यो वेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुंदा हुंदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा हो । हाम्रो जस्तो पर्वतीय मुलुकमा वाढी, डुवान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने उल्लेख गर्नु भएको छ ।
दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि गम्भिर चासो विज्ञप्ती मार्फत पुर्व राजा शाहले व्यक्त गर्नु भएको छ ।
उहाले यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तव्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न हुनु पर्नेमा जोड दिनु भएको छ ।
प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ति, व्यवस्था र विकास गतिविधीले विपत्ति र विनास मात्रै निम्त्याउद छ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला प्रयाप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस भन्ने चाहना रहेको विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -