सहारा दैनिक

spot_img
Homeदेशखोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

काठमाडौँ, ११ असोज (रासस)
काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् ।
हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -