सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ असोज ।
भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको कूल अनुमानित लागत नेरु. ४७.४ करोड अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच शुक्रवार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यी १२ वटा परियोजनाहरु ओखलढुंगाको सिद्घिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका स्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालयको विद्यालय भवनको निर्माण, भोजपुरको अरुण गाउपालिका स्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण, दैलेखको दुल्लू नगरपालिका स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको विद्यालय भवनको निर्माण, सप्तरीको सुरुंगा नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, चितवनको रत्ननगर नगरपालिका स्थित बछौली माध्यमिक विद्यालय भवनको निर्माण, सोलुखुम्बुको सोताङ गाउपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण, सुनसरीको इनरुवा नगरपालिका स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण,ं बाजुराको स्वामीकार्तिक खापर गाउापालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्घन केन्द्रको लागि भवन निर्माण, धादिङको खनियाबास गाउपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिका स्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माण रहेका छन् ।
यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकायहरु महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउपालिकाहरु मार्फत कार्यान्वयन गरिने छन् ।
सन् २००३ यता भारतले नेपालमा शुक्रवार समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरु सहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुंइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिंग, खानेपानी, विद्युतीकरण, सिंचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ भने बांकी अन्य परियोजनाहरु विभिन्न चरणमा संचालित रहेको भारतीय दुतावासले जनाएको छ ।
भारत सरकारको अनुदानमा १२ उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयन गरिने
Facebook Comments Box