सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ असोज ।
सशस्त्र प्रहरी बल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले एक गोदामबाट लाखौं मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
बिषेश सुचनाको आधारमा खटिएका संयुक्त टोलिले वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली स्थित खुर्सेद अंसारीको घरको पछाडी कोठामा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलीका बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँत माझ्ने ब्रस बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर अंसारीको घरको पछाडी कोठामा लुकाई छिपाई गोदाम गरी राखेको रु. १६ लाख २५ हजार ४ सय मुल्य बराबरको बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँत माझ्ने ब्रस बरामद गरी आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका प्रवक्ता देवेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. २५ चण्डाल चोक स्थित आकस्मिक चेकप्वाईन्ट थापेर चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली द्यच्–ण्छ–ग् द्धद्दज्ञण् नम्बरको मो.सा.मा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको रु. ८६ हजार २ सय मुल्य बराबरको कपडा, किराना सामान बररामद गरि मो.सा. को भन्सार मुल्य रु. १ लाख ५० हजार मुल्यांकन गरि आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सप्रनाउ सिंहले जानकारी दिनु भयो ।
Facebook Comments Box