सहारा दैनिक

spot_img
Homeअर्थसुनको मूल्यमा कीर्तिमान

सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ, १० असोज (रासस)
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला रु एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -