सहारा दैनिक

spot_img
Homeदेशमेडिकल व्यवसायी प्रसाईंको मुद्दामा लिखित जवाफ माग

मेडिकल व्यवसायी प्रसाईंको मुद्दामा लिखित जवाफ माग

काठमाडौँ, ८ असोज (रासस)
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -