सहारा दैनिक

spot_img
Homeअर्थविल विजक भन्दा बढीका मालबस्तुहरू लोड ट्रक नियन्त्रण

विल विजक भन्दा बढीका मालबस्तुहरू लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ असोज ।
विल विजक भन्दा बढीका मसाला लगायतका मालबस्तुहरू लोड रहेको एक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट मसाला लगायतका मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.३ ख ८०४२ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजांच गर्दा विल विजक भन्दा बढीका रु. ३३ लाख ७७ हजार ९ यस ४० मुल्य बराबरको मसाला लगायतका मालबस्तुहरू लोड रहेको वीरगंजबाट चितवनतर्फ लैजाादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका पर्साका प्रवक्ताप्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको मालबाहक ट्रकलाई आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -