सहारा दैनिक

spot_img
Homeदेशकरेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा, ६ असोज (रासस)
बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ ।
कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जंगलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिनुभयो ।
स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो ।
जंगलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ ।
यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -