सहारा दैनिक

spot_img
Homeदेश१४५ किलो गाँजा सहित कार नियन्त्रण

१४५ किलो गाँजा सहित कार नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असोज ।
सशस्त्र प्रहरी बल नेपालले १४५ किलो लागु औषध गाँजा सहित कार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बि.ओ.पि अमरपट्टीबाट खटिएको मोबाईल गस्ती टोलीले पर्सा जिल्ला विन्दवासिनी गा.पा–३ ईटियाही चोकबाट लागु औषध गाँजा सहित कार नियन्क्रणमा लिएको हो ।
मोबाईल गस्ती टोलीले बा.१५ च. ७९५६ नम्बरको कारलाई चेकजाँच गर्ने त्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी भागि गएको हुंदा उक्त कारलाई चेकजाँच गर्दा गाडीको सिटमुनी तथा डिकीभित्र लुकाई छिपाई राखेको १५ पोकामा रहेको १४५ किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका प्रवक्ता सप्रनाउ देवेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
गाँजा सहित नियन्त्रणमा लिएको कार आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सप्रनाउ सिंहले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -