सहारा दैनिक

spot_img
Homeदेशवातावरणीय अपराध नियन्त्रणमा सबैको सहकार्य आवश्यक छ–वनमन्त्री ठकुरी

वातावरणीय अपराध नियन्त्रणमा सबैको सहकार्य आवश्यक छ–वनमन्त्री ठकुरी

जनकपुर, ४ असोज (रासस)
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वनजन्य अपराध नियन्त्रणका लागि सबैको सिर्जनात्मक र सकारात्मक सहयोग आवश्यकपर्ने बताउनुभएको छ ।
आजदेखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी विवादहरूमा न्यायिक दृष्टिकोण विषयक गोष्ठीमा उहाँले वन तथा वातावरणीय अपराध नियन्त्रणका लागि राज्यका सबै निकायको तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।
“वन र वातावरणीय अपराध नियन्त्रण गर्न न्यायालयदेखि जनतासम्म सबैको अहम भूमिका अपरिहार्य छ,” मन्त्री ठकुरीले भन्नुभयो, “सरकार वातावरणीय न्याय कायम गर्दै वातावरण क्षेत्रबाट जनता र राज्यको आम्दानी समेत बढाएर आर्थिक विकास गर्न चाहन्छ ।”
उहाँले ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगटेको देशको वातावरण क्षेत्रमा लगानीमैत्री वातारण निर्माण गर्न सबैको सकारात्मक र रचनात्मक सहयोग खाँचो रहने बताउनुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा जारी रहेको दुई दिने सो कार्यशालामा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो, मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहसहितका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -