सहारा दैनिक

spot_img
Homeदेशआजपाले निकाले संविधानको अन्त्येष्टि यात्रा, प्रहरीबाट पक्राउ परेका नेता/कार्यकर्ता रिहा

आजपाले निकाले संविधानको अन्त्येष्टि यात्रा, प्रहरीबाट पक्राउ परेका नेता/कार्यकर्ता रिहा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असोज ।
संविधानको अन्त्येष्टि याक्राका त्रममा पक्राउ परेका आम जनता पार्टीका नेता/कार्यकर्ताहरु रिहा भएका छन ।
बुधवार आम जनता पार्टीले बर्तमान संविधानको खारेजीको माग गर्दै वीरगंजमा निकालेको संविधानको अन्त्येष्टि याक्राका त्रममा प्रहरीले सो पार्टीका केन्द्रीय सचिव सहित नियन्त्रणमा लिएका ९ जनालाई राती १० बजे रिहा गरेको हो ।
प्रदर्शनको क्रममा प्रहरीले आजपा केन्द्रीय सचिव बाबुराम कौशिक, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा सहित श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, संजय साह, सन्ध्या पासवानलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु उपर संविधान विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कारबाही हुने प्रहरीले जनाए पनि राती १० बजे रिहा गरेको छ ।
आजपाका पक्राउ परेका नेता/कार्यकर्ताहरुलाई राती १० बजे बुझेको सो पार्टीका स्थायी कमिटि सदस्य एवं पर्सा जिल्ला इन्चार्ज म. कदम रसुलले जानकारी दिनु भयो ।
सरकारले संबिधान दिवसलाई उत्सवको रुपमा मनाइ रहेको अवस्थामा आजपाले संविधानको खारेजीको माग गर्दै अन्त्येष्टि यात्रा निकालेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -