सहारा दैनिक

spot_img
Homeदेशमिटर ब्याज सम्बन्धि समस्या समाधान नभए सम्म आन्दोलन

मिटर ब्याज सम्बन्धि समस्या समाधान नभए सम्म आन्दोलन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ असोज ।
मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन भोजपुरा कमान्ड पर्सा द्वरा समस्या समाधानको लागि अन्तरक्रिया तथा बिचार गोष्ठी सम्पन्न गरेको छ ।
मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलनका फर्सा अध्यक्ष कृष्ण राज ठाकुरको अध्यक्षतामा बिरगंजको रानी सति धर्मशलामा आयोजित अन्तरक्रिया कार्यत्रममा प्रमुख संघका अध्यक्ष अवधेश कुश्वाहाले मिटर ब्याज सम्बन्धि समस्या समाधान नभए सम्म आफुहरुको आन्दोलनले विश्राम नलिने बताउनु भयो ।
कुश्वहाले मधेसमा मिटर ब्याजको कारण धेरै घर परिवार अत्याधिक पीडित रहेकोले तिनिहरुको पीडालाइ समाप्त पार्नको लागि आफुहरु कृयाशिल रहेको बताउनु भयो ।
अन्तरक्रियामा नेकपा (एकीकृत समाजबादी) पर्सा अध्यक्ष बालगोपाल थापाले शोषित , उत्पीडित र मजदुरको विपक्षमा लागनेहरु कदापि कोम्युनिस्ट हुन नसक्ने भएको हुनाले मिटर ब्याज पीडितको पक्षम सम्पुर्ण कोम्युनिस्ट पार्टीलाई लाग्न अहवान गर्नु भयो ।
अनरकृयामा नेकपा एमालेका नेता जालिम मिय , मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन बाराका उपाध्यक्ष शिवदयाल पासवान , पर्साका प्रबक्ता मुकेश पटेल , जिल्ला कोषाअध्क्ष रेश्म कुश्वाहा लागाएतले मन्तब्य व्यक्त गर्नु भएको थियो भने संचालन बिरगंज महानगर अध्यक्ष शम्भु यादवले गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -