सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ भदौ ।
मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र पर्सागढि नगरपालिकाका दलित जनफ्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ ।
कार्यक्रमममा सहभागि दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुको न्यायिक मांगलाई सम्बोधन गराउन नगरपालिकासंग पहल गरिदिन अनुरोध गरेका छन ।
पुस्तौदेखि दास्ता प्रथाको अवशेषको रुपमा रहेको हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाको काम अगाडी नबढेको हुनाले पुनरस्थापनामा स्थानीय सरकारको अत्याधिक भुमिका रहेकोले नगरपालिकालाई उक्त भुमिका खेलिदिनको लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिन आग्रह गरेका हुन ।
द फ्रिडम फण्डको सहयोगमा ब्रिलिएन्ट युवा क्लबको आयोजनामा संचालित मुक्त हरवाचरवाको स्वभिमान तथा मानव अधिकारको प्रर्वधन गर्दै उनीहरुको आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (फहल) कार्यक्रम अन्तर्गत अन्तरत्रिया कार्यक्रम आयोजना गरिएको हो ।
मंचका नगर समितिका अध्यक्ष जादोलाल रामको सभाफतित्वमा आयोजित अन्तरक्रिया कार्यत्रममा पर्सागढि नगरपालिकाका दलित महिला सदस्यहरु ममता देबि ,पार्बती देबि ,मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, दलित अगुवा रामस्वरुप राम , मंचका जिल्ला सदस्य धनराज राम लगायतको उपस्थिती रहेको थियो ।
पर्सागढि स्थित रबिदास हलमा आयोजितकार्यक्रमको सहजिकरण मंचका महिन्द्र रामले गरेका थिए ।
मुक्त हारवाचरवा र दलित जनप्रतिनिधि बिच अन्तरक्रिया
Facebook Comments Box