सहारा दैनिक

spot_img
Homeअर्थ८० लाख मुल्य बराबरको भन्सार छलीका सामान सहित ट्रक नियन्त्रण

८० लाख मुल्य बराबरको भन्सार छलीका सामान सहित ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, २८ भदौ ।
बारा प्रहरीले रु. ८० लाख मुल्य बराबरको भन्सार छलीका र बिल बिजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.८० लाख ५ हजार ३ सय ४७ बराबरको विभिन्न समानहरू सहित ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई न.पा.वडा नं.८ अर्नाहा चोक स्थित भन्सार छली गरी ना.२६ प १४१३ नं.को मो.सा.मा लोड गरी ल्याउदै गरेको रू.१ लाख ५६ हजार मुल्य बराबरको कलश ११५ पिस, हट केश १० पिस, किस्ती २६ पिस नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले परवानिपुर गा.पा.वडा नं.४ चैनपुर स्थित वीरगंजबाट पथलैया जादै गरेको बिभिन्न किसिमको सवारी साधनहरूलाई रोकेर चेक जांच गर्दा बिल भरपाई नभएको अं.मुल्य रू.२ लाख ७८ हजार ७ सय १० बराबरको बिभिन्न किराना समानहरू नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।


त्यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज स्थितमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ३ च ५९०८ नं.को पिकअपलाई रोकेर चेकजांच गर्दा बिल भरपाई नभएको अं.मुल्य रू.१४ हजार ४ सय बराबरको ४ बोरामा रहेको प्याज अं. १६० किलो नियन्त्रणमा लिएको जनाइएको छ ।
इप्रका अमलेखगंज कै टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४४ नं.को डिब्बे ट्रकलाई रोकी चेकजांच गर्दा विल बिजक भन्दा बढी समान रहेको र सपोटिङ बिल नभएको अं.मुल्य रू.७५ लाख ८ हजार २ सय ३७ बराबरको कम्प्युटर पार्टस, ईलोक्ट्रोनिक्स सामान, कस्मेटिक आईटम लगायत अन्य विभिन्न खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
यसरी नै कलैया स्थित अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले कलैया उ.म.न.पा.वडा नं.१ स्थित डेरा गरी बस्ने दिपक कुमार साहले अबैध रूपमा भन्सार छली गरी ल्याई घरको कोठा भित्र लुकाई छिपाई राखेको १२ बोरामा रहेको ६०० किलो चिनी अं.मुल्य रू. ४८ हजार बराबरको बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -