काठमाडौँ, २५ भदौ (रासस)
“भ्रष्टाचारको चपेटामा देश” नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
फाउन्डेसन लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ । अभियानअर्न्तगत नै उक्त म्युजिक भिडियो बनाइएको फाउन्डेसनका संरक्षक सरिता पाठकले बताउनुभयो ।
त्यसअवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । हेम पाठकको रचना रहेको गीतमा कुन्ती मोक्तान र शिशिर योगीले स्वर दिनुभएको छ । साथै बिबि अनुरागीको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गर्नुभएको छ ।
कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार गर्नेलाई सामाजिक रुपमै बहिस्कार गर्नुपर्ने बताउनुभयो । कलाकार किरण केसीले भ्रष्टाचार गर्नेलाई कुनै पनि प्रतिष्ठामा राख्न नहुने धारणा राख्नुभयो ।
प्राडा सुरेन्द्र केसीले भ्रष्टचार निर्मुल गर्न नीतिगत सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । नेता रविन्द्र मिश्रले भ्रष्टाचारलाई जरैदेखि उखेल्न नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो ।
Facebook Comments Box