सहारा दैनिक

spot_img
Homeदेशसुत्केरी महिलाको मृत्यु पछि बर्थिङ सेन्टरमा तनाव

सुत्केरी महिलाको मृत्यु पछि बर्थिङ सेन्टरमा तनाव

राधेश्याम साह–––––––––––––––
गौर, २१ भदौ ।
रौतहट जिल्ला गरुडा नगरपालिका शिवनगर स्थित बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त अवस्था बनेको छ ।
गरुडा नगरपालिका वडा नं. ५ स्थित महम्मदपुर स्वास्थ्य चौकी शिवनगरको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको शुक्रबार मृत्यु भएपछि तनावग्रस्त अवस्था बनेको हो ।
चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै पीडित परिवारले अस्पताल घेराउ गरी विरोधमा उत्रिए पछि तनावग्रस्त बनेको अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले बर्थिङ सेन्टरमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गरुडा ५ शिवनगरका अरबिन्द साहकी श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागेर सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार सांझ ल्याइएकोमा नर्मल सुत्केरी भएको थियो ।
सुत्केरी पछि बढी रक्तस्राव भएको कारण ति महिलालाई थप उपचारको लागि रेफर गरे पछि शुक्रवार बिहान वीरगंज स्थित ईन्डो नेपाल अस्पतालमा पुर्‍याउदा उपचारकै क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रउ दिलीप घिमिरेले जानकारी दिनु भयो ।
चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगंज लैजाने क्रममा महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले स्वास्थ्य चौकी शिवनगर अगाडि मृतकको शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
चिकित्सकको चरम लापरबाहीका कारण अत्यधिक रक्तस्राव भएर वीरगंज लैजाने क्रममा सुत्केरीको मृत्यु भएको पीडित परिवारको आरोप छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रउ घिमिरेले घटना बारे अनुसन्धान भइ रहेको छ भने दुई पक्षको कुरा बुझ्ने कार्य पनि भइरहेको बताउदै उहाले अस्पतालमा कुनै किसिमको क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो ।
महिलाको मृत्युपछि आक्रोशित मृतकका आफन्तहरूले शिवनगरस्थित गौर चपुर सडक खण्डको बाटो अवरोध पनि गरेका थिए । हाल प्रहरीले बाटो सुचारु गराई सकेको बताएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -