सहारा दैनिक

spot_img
Homeदेशजनतासंगको पहुंचलाई बलियो बनाउन मन्त्री यादवको आहृवान

जनतासंगको पहुंचलाई बलियो बनाउन मन्त्री यादवको आहृवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ भदौ ।
खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) का नेता/कार्यकर्तालाई जनतासंगको पहुंचलाई अझ बलियो बनाउन आग्रह गर्नुभएको छ ।
जसपा जिल्ला कार्यसमिति पर्साको बुधवार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीपंक्तीलाई आग्रह गर्नुभएको हो ।
उहाले हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । जनताको समस्या हाम्रै समस्या हो, त्यसैले हामी सधैं जनताको पक्षमा उभिनु पर्छ भन्नु भयो ।
मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित रहन र संगठनलाई अझ एकताबद्ध बनाउन आग्रह गर्दै जसपा अहिले एक महत्वपूर्ण मोडमा छ, हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यहरूलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ भन्नु भयो ।
उहाले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्न आवश्यक तयारीबारे चर्चा गर्दै पार्टी एकताबद्ध भएर मात्र हामीले आगामी चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौं । हामीलाई संगठनलाई मजबुत बनाउंदै जनताका विश्वास लायक बन्नुपर्छ भन्नुभयो ।
बैठकमा सहभागी वीरगंज महानगरपालिकाका मेयर एवं पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि पार्टीलाई सुदृढ बनाउन र जनताको सेवा गर्न सबै नेताहरू एकताबद्ध हुनु आवश्यक रहेको बताउनुभयो । उहाले भन्नु भयो हामीले संगठनलाई थप मजबुत बनाउन निरन्तर प्रयास गरिरहनुपर्छ ।
त्यस्तै पर्सा जिल्ला समितिका संयोजक एवं बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भन्नुभयो, हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनु पर्छ ।
बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, तथा पार्टीका अन्य सदस्यहरूको उलेख्य उपस्थिति रहेको थियो । बैठकमा पार्टीको वर्तमान स्थिती, संगठनात्मक गतिविधि र आगामी रणनीतिहरूको बारेमा विस्तृत छलफल भएको जनाइएको छ । बैठकले आगामी दिनमा जसपाको भूमिकालाई बलियो बनाउने उद्देश्यले विभिन्न योजना र कार्यक्रमहरू अघि सार्ने निर्णय गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -