सहारा दैनिक

spot_img
Homeखेलकूदपुर्व राजा शाहबाट कांस्य पदक विजेता गोवर्धनलाई बधाई

पुर्व राजा शाहबाट कांस्य पदक विजेता गोवर्धनलाई बधाई

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
पुर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले पारा ओलम्पिकमा कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाइ सहित शुभकामना व्यक्त गर्नु भएको छ ।
पुर्व राजा शाहका सम्बाद सचिव डा. फणिराज पाठकले एक सन्देश जारी गरी पुर्व राजाको तर्फबाट कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाइ सहित शुभकामना व्यक्त गर्नु भएको हो ।
शुभकामना सन्देशमा पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले कांस्य पदक जितेर ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले हामीलाई खुशी तुल्याएको उल्लेख छ ।
सन्देशमा देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं उल्लेख छ ।
पुर्व राजा शाहले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -