सहारा दैनिक

spot_img
Homeदेशठुलो मात्रामा विष्फोटक पदार्थ पटखा बरामद

ठुलो मात्रामा विष्फोटक पदार्थ पटखा बरामद

सहारा संवाददाता–––––––––––––––
मलंगवा, १३ भदौ ।
शसस्त्र प्रहरी बल नेपाल सर्लाहीले ठुलो मात्रामा विष्फोटक पदार्थ पटका बरामद गरेको छ ।
सर्लाही जिल्ला सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ४ स्थित गणेशिया चौर निजिकैबाट शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले ठुलो मात्रामा विष्फोटक पदार्थ पटका बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीबाट खटिएको गस्ती टोलीले मलंगवा नपा वडा नं. ४ स्थित गणेशिया चौर नजिकै दुई कोठे टिनको कच्चि घरबाट करिब रु. २८ लाख मुल्य बराबरको पटका बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हे.क्वा सर्लाहीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक विनोद राज खनालले जानकारी दिनु भयो ।
शसस्त्र प्रहरीको गस्ती टोलीले दुई कोठे टिनको कच्चि घरबाट रु २७ लाख ७७ हजार ५ सय ५२ मुख्य बराबरको पटका बरामद गरिएको पटखा बिहिवार नष्ट गरिएको उहाले जानकारी दिनु भयो ।
नजिकिदो चाँडबाँड विशेषगरी दिपावली, तिहार र छठ पर्वमा अतिसबाजीको रुपमा प्रयोग हुने पटाकाजन्य सामग्री भारतमा निर्वाध प्रयोग गर्न पाईन्छ । खुला सिमानाका कारण नेपालमा भने भारतबाट तस्करी मार्फत हरेक वर्ष चाँडबाँडको समयमा ठूलो मात्रामा पटाकाजन्य सामग्री भित्रिने गर्दछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -