सहारा दैनिक

spot_img
Homeदेशप्रतिफल देखिने गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

प्रतिफल देखिने गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, ०८ भदौ ।
खानेपानी मन्त्री प्रदीप यादवले प्रतिफल देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालीम केन्द्र नगरकोटमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को आयोजना कार्यान्वयन सम्बन्धी दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मन्त्री यादवले प्रधानमन्त्रीको निर्देशन अक्षरस पालना गरी काम गर्न निर्देशन दिंदै यो सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेतृत्व गर्नु भएको सरकार हो । अब हामीले प्रधानमन्त्रीज्यूको निर्देशन अक्षरस पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ भन्नु भयो ।
मन्त्री यादवले गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको र सिकाइ मार्फत ग्रहण गरिएका सम्पूर्ण विषयहरू कार्य सम्पादनमा देखाउन बताउनुभयो ।
उहाले विभागले आयोजना गरेको गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ । यसले तपाईहरुको काम गर्ने शैली तथा क्षेत्रमा थप उर्जा थपिएको मैले विश्वास लिएको छु भन्नु भयो ।
मन्क्री यादवले बिगतमा खुल्ला दिशामुत्त क्षेत्रको घोषणा गरिएको भएपनि अझै सत प्रतिसत नपुगेकाले प्रतिफल देखिने गरी काम गर्न जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा देशभरी रहेका २० वटा अस्थायी खानेपानी तथा सरसफाइ आयोजना कार्यलयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेको कार्यलाई सम्पन्न गरी दिन माग गर्दै कर्मचारीद्धारा मन्त्री यादवलाई ज्ञापनपत्र समेत पेस गरिएको थियो ।
ज्ञापनपत्र बुझनु हुंदै मन्त्री यादवले समस्या समाधान प्रति आफू गम्भीर रहेको बताउनुभयो । उहांले यो सबैको समस्या हो, यस विषयमा म सिरियस छु । अर्थ मन्त्रालयको मौखिक प्रतिवद्धतामा सहमत हुन सकिदैन । लिखित चाहिन्छ । स्रोत सहमती बिना विगतमा गरिएका कामको भुक्तानी भएका । मन्त्रालयमा कर्मचारी, बिज्ञ सहित छलफल गरी यस विषयमा मन्त्रालयले आफ्नो स्टेटमेन्ट तयार पारेर स्रोत सहमतीमा निर्माण गछौं भन्नु भयो ।
मन्त्री यादवले कार्तिक मसान्त पश्चात कार्यक्रम संशोधन भइ रकमान्तरको प्रक्रिया सुरु हुने भएकाले कर्मचारीहरूको जायज माग तथा वास्तविक आवश्यकता पुरा गरी मन्क्रालयको बजेट समेत बढ्ने एवम् जनशत्ति पनि थप हुने विश्वास दिलाउनुभयो । मन्त्री यादवले अधुरा आयोजना पूरा गर्ने काम गर्नु पर्ने निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले स्रोत सहमति, अस्थायी, बेरुजू सम्परीक्षण, प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमार/मुसहर बस्तीमा खानेपानीको जस्ता थुप्रै समस्या रहेकाले सम्पूर्ण समस्याहरुलाई क्रमिकरुपमा सबै मिलेर समाधान गर्नु पर्ने धारणा राखिन ।
त्यसै गरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुवातमा आयोजना गरिएको दुई दिने कार्यशाला गोष्ठिबाट समस्यासहित समाधानका उपायहरु आएका एवम् विज्ञको प्रस्तुतीकरणले थप मार्ग प्रशस्त गरेको बताउनुभयो ।
उहांले मन्त्रीज्यू तथा सचिवज्यूको मार्ग निर्देशनले हामीमा थप ऊर्जा र उत्प्रेरणा थपिएको बताउदै पहिचान भएका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालिन उपाय पहिचान भएका छन् । सरकार गठन भएको एक सय दिनका लक्ष्य निर्धारण भएका छन्, कामको नतिजा अवश्य दिने छौं भन्नु भयो ।
गोष्ठिमा संघीय खानेपानी मन्त्रालय मातहतका देशभरीका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -