सहारा दैनिक

spot_img
Homeदेशभारतीय राजदूतावासमा स्वतन्त्रता दिवस २०२४ उत्सव

भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस २०२४ उत्सव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ साउन ।
काठमाडौं स्थित भारतीय राजदूतावासमा बिहिवार भारतको ७८ औं स्वतन्क्रता दिवस मनाएको छ ।
एक कार्यत्रम विच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसागै समारोहको शुभारम्भ भयो ।
शुभारम्भ पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपतिको सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पार्दैे भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिन ।
सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.५० करोड र कम्बल वितरण गरी सम्मान गर्नुभयो ।
भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि नेरु १२.५५ करोड भुक्तानी दिइएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।
दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ ।
दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साास्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।
स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारको तर्फबाट नेपालका लागी भारतीय दुतावासले नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -