सहारा दैनिक

spot_img
Homeअर्थचार करोड भन्दा बढिको ईलेक्ट्रोनिक भेप बरामद

चार करोड भन्दा बढिको ईलेक्ट्रोनिक भेप बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ साउन ।
पर्सा प्रहरीले छापामारी गरी ४ करोड भन्दा बढिको ईलेक्ट्रोनिक भेप बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा छापामारी गरी ४ करोड भन्दा बढिको ईलेक्ट्रोनिक भेप बरामद गरेको हो ।
प्रहरी टोलीले शुक्रवार बैरेको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको Elfbar Raya D3 25000 Puffs छापामारी गरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी टोलीले छापामारीको क्रममा ७६ कार्टुनमा प्रति कार्टुन २०० पिसका दरले जम्मा १५ हजार २ सय पिस अ.मु.रू.४ करोड ८६ लाख २४ हजार ८ सय मुल्य बराबरको Elfbar Raya D3 25000 Puffs बरामद गरी थप अनुसन्धान भैरहेको जिप्रका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -