सहारा दैनिक

spot_img
Homeअपराधलागु औषध गाँजा सहित दुई जना पक्राउ

लागु औषध गाँजा सहित दुई जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ साउन ।
लागु औषध गाँजा सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको चेकिङ टोलीले सखुवाप्रसौनी गा.पा. वडा नं. ५ सोलखपुर स्थित महुवन पर्टेवासुगौली सडक खण्डबाट ५ किलो गांजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले पर्टेवासुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मो.सा.लाई रोकेर खानतलासी गर्दा मो.सा. चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ किलो र पछाडि सवार बर्ष ५५ को देबेन्द्र यादवले आफ्नो शरिरमा लुकाई छिपाई राखिएको गाँजा २.५ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध गाँजा फेला परे पछि निजहरूलाई मोटरसाईकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -