सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ साउन ।
पर्सा प्रहरीले लागु औषध चरेश सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं.१६ शकराचार्य गेट स्थित सडकबाट लागु औषध चरेश सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडेर जांदै गरेको भारत पुर्वि चम्पारण रक्सौल वडा न. १ बडा परेउवा निवासी अनवर आलम र भारत मोतिहारी पुर्वि छतौनाको ईम्तेयाज आलमलाई रोकेर चेकजाँच गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरेर बोकेको र पछाडी भिर्ने झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध चरेश २० पाकेट (प्रति पाकेट ५०० ग्रामको दरले) १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध चरेश फेला परे पछि निजहरुलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
चरेस सहित दुई भारतीय पक्राउ
Facebook Comments Box