सहारा दैनिक

spot_img
Homeअर्थसरकार परिवर्तन संगै तस्करहरु सकृय

सरकार परिवर्तन संगै तस्करहरु सकृय

भारतसंग जोडिएको अधिकांश सिमानाकाबाट तस्करी सुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
सरकार परिवर्तन संगै सिमा क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) धन्धा फस्टाउन थालेको छ ।
अन्य क्षेत्रमा जे–जस्तो भए पनि पछिल्लो सरकारले सिमा क्षेत्रबाट हुने अवैध ओसार पोसार नियन्त्रणमा केही हद सम्म कडाइ गरेको भए पनि सरकार फेरिए संगै तस्करी धन्धा पुनः फस्टाउन थालेको देखिएको हो ।
धाराशायी अर्थतन्त्र उकास्न सिंगो राज्य संयन्त्र लागी परेको बेला पछिल्लो केही समय देखि भारतीय सिमासंग जोडिएका केही जिल्लाहरुको सिमानाकाबाट अवैध तस्करी संचालनमा आएको समाचार बुझिन आएको छ ।
समाचार श्रोतका अनुसार सरकार फेरिए संगै लुम्बिनी प्रदेशको कृष्णानगर, नौतनवा, मधेश प्रदेशको बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, सर्लाही जिल्लाको सिमानाकाबाट निर्विवाद अवैध तस्करी संचालनमा आएको हो ।
त्यसै गरी कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाको सिमानाकाबाट पनि अवैध ओसार पोसारले निरन्तरता पाएको बताइन्छ ।
समाचार श्रोतका अनुसार अहिले सुरु भएको अवैध तस्करी गर्ने तस्करहरुले काजु, किसमिस, मरिच, छोकडा र कपडा विषेश गरी भन्सार छली अवैध रुपले भारतबाट नेपाल भित्रियाएर गन्तव्य सम्म सहजै पुर्‍याउन थालेका छन ।
खाद्य बस्तु आयात गर्दा विभिन्न निकायबाट परिक्षण गराउनु पर्ने झन्झट तथा खर्च बढ्ने भएकोले व्यापारीहरु अवैध बाटो अवलम्बन गरी तस्करी गराउने गरेका छन भने कपडा अन्तरगत महिलाको विभिन्न किसिमका सुट, साडि, थान कपडा, स्तर कपडा, क्रेप, पुजा कपडा, साटन लगायतका थान कपडाहरु भन्सार दरबन्दी बढि भएकाले काठमाण्डौं, पोखरा, नारायणघाट, हेटौडा लगायतका सहरका व्यवसायीहरुले तस्करहरुलाई प्रयोग गर्न थालेका छन ।
समाचार श्रोतका अनुसार सरकार परिवर्तन संग अवैध ओसार पोसार एवं राजस्व चुहावट नियन्त्रणमा सकृय प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र गृहमन्त्रालय मातहतका जिल्ला एवं क्षेत्र तथा प्रदेश स्तरीय इकाइहरुका पदाधिकारीहरु नरम भएकै कारण तस्करहरुलाई अहिले सहज भएको छ ।
सिमानाका जुनसुकै भए पनि तस्करहरु भारतीय नागरिक रामाशंकर, सनोज, गुड्डु, पर्सा जिल्लाका ठुलो मदन, सानो मदन, सर्लाही जिल्लाका दिनेश चौधरी, रौतहटका सुनिल लगायतका कुख्यात तस्करहरु अहिले सकृय भएको सुरक्षा निकायकै भरपर्दो श्रोतबाट बुझिन आएको छ ।
यी तस्करहरु जुन पनि सिमानाकाबाट सहजता प्राप्त हुन्छ त्यही नाकाबाट आ–आफ्ना तस्करी धन्धालाई निरन्तरता दिने गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -