काठमाण्डौं, २९ असार ।
“विराट म्युजिक एण्ड फिल्म अवार्ड” को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पक्रकार अधिकारीलाई कार्यत्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको हो ।
विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाको केही समयअघि “मैले पढेका ५१ पुस्तक” पाठकमाझ आएको छ ।
संगीतका २४ विधा र फिल्मका सात विधा गरि ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको छ ।
त्यस्तै “अर्थपथ डटकम”का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पक्रकारिता सम्मान गरिएको छ ।
कार्यत्रममा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ भन्दै नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता भएको उहाले बताउनु भयो ।
अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहनुभएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिएको हो ।
फ्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यत्रमको सञ्चालन रघुनाथ सापकोटाले गर्नुभएको थियो ।
Facebook Comments Box