सहारा दैनिक

spot_img
Homeअन्तर्राष्ट्रियवराणसी र वीरगंज विच भगिनी सम्बन्ध विस्तार बारे छलफल

वराणसी र वीरगंज विच भगिनी सम्बन्ध विस्तार बारे छलफल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ असार ।
भारत उत्तर प्रदेशको वराणसी शहर र नेपालको बीरगंज महानगर पालिका बीच भगिनी सम्बन्ध विस्तार बारे छलफल भएको छ ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र भारत उत्तर प्रदेशको धार्मिक पर्यटकीय सहर वाराणसी नगर निगमका मेयर अशोक कुमार तिवारी विच भेटवार्ताका क्रममा भगिनी सम्बन्ध विस्तार बारे छलफल भएको हो ।
शनिवार बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित वाराणसी पुगेका प्रतिनिधिमण्डललाई वाराणसी नगर निगमको कार्यकक्ष मा त्यहाका मेयर अशोककुमार तिवारीले स्वागत सहित सम्मान गरेका छन भने मेयर सिंहले वराणसीका मेयरलाई रुद्राक्षको माला खादा र नेपाली टोपी लगाएर सम्मान गर्नु भयो ।
भेटघाटमा बीरगंजलाई धार्मिक पर्यटकीय शहर बनाउने समबन्धमा समेत छलफल भएको प्रतिनिधिमण्डलमा सहभागी मेयर सिंहका सल्लाहकारले जानकारी दिनु भएको छ ।
त्यसै गरी मेयर सिंहले वाराणसी स्थित नेपाली संस्कृत महाविद्यालय मा वेद , व्याकरण , शास्त्र र संस्कृत अध्यनरत नेपाली विद्यार्थीहरु संग पनि भेटवार्ता गर्नु भएको छ ।
मेयर सिंहले सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय संग आवद्ध रहेका नेपाली संस्कृत महाविद्यालय वाराणसीका विद्यार्थीहरु र प्रचार्य संग भेट गर्न पुग्दा विद्यार्थीहरुले वैदिक मन्त्र उच्चारण गरी उहाको स्वागत समेत गरेका छन ।
भेटको क्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -