सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असार ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी तोरी लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बिल विजक भन्दा बढी तोरी बोकेको माल बाहक ट्रक बिजयबस्तीबाट चितवनतर्फ जांदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले पर्सा जिल्ला ठोरी गाउपालिका वडा नं. ३ बिजयबस्ती स्थित सडकखण्डबाट ना.५ ख ५८४७ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी तोरी लोड रहेको तथा विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रनाउ केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको तोरीको अ.मु.रू.९ लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
त्यसै गरी पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको चक्लेटहरु पनि बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.१९ विन्दवासनी स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको विभिन्न किसिमको चक्लेटहरु चितवन तर्फ जांदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
प्रनाउ न्यौपानेका अनुसार प्रहरी टोलीलाई देख्नासाथ बोकेर ल्याएको चक्लेटहरू छाडेर फरार भए पछि वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको छ ।
तोरी लोड ट्रक नियन्त्रण, अवैध चक्लेट बरामद
Facebook Comments Box