जनकपुरधाम, २६ असार (रासस)
जिल्लामा वन क्षेक्रको आठ सय ३७ हेक्टर जमिन अतित्रमण भएको छ ।
पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेक्रको जमिन अतित्रमण हुँदै गएको हो ।
जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित “वन अतिक्रमणको समस्या र समाधानका उफाय” विषयक अन्तरक्रिया कार्यत्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार जिल्लामा रहेका वन क्षेक्रका आठ सय ३७ हेक्टर जमिन अतित्रमणको चपेटामा परेको छ ।
जिल्लामा २७ हजार पाँच सय ७८ हेक्टर जमिन वन क्षेत्र रहेको भन्दै आठ सय ३७ हेक्टर अतिक्रमण भएको कार्यालयका वन अधिकृत अनिलकुमार शाहले जानकारी दिनुभयो । जमिन अतिक्रमण गरी बस्ती, सडक विस्तारका साथै कतिपयले खेती गर्न थालेका उहाँको भनाइ छ ।
वन क्षेक्रलाई अतित्रमणबाट जोगाउन वन कार्यालयले सरोकार भएका निकायसँग छलफल गरी ठोस योजना बनाइरहेको बताउँदै शाहले यसमा प्रशासनिक निकाय तथा राजनीतिक दलहरूले पनि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
गत आर्थिक वर्षमा ३५ हेेेक्टर अतिक्रमित जमिन फिर्ता गराइएको शाहले जानकारी दिनुभयो । “यो कार्य कठिन छ तर मुक्त गराउने प्रयास जारी छ”, उहाँले भन्नुभयो “कतिपय अवस्थामा वन कार्यालयका कर्मचारीको लापरबाही र मिलेमतोमा अतिक्रमण भइरहेको देखिन्छ । यसको समाधानका लागि नीतिगत तहदेखि योजनाबद्ध रूपमा काम गर्दै जानुफर्छ ।”
अन्तरक्रिया कार्यत्रममा सहभागीले सरकारी वन क्षेक्रको अवैध कटान तथा अतित्रमणले प्राकृतिक विपद्हरू बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले वन क्षेक्रको अतित्रमण हटाउन वन कार्यालयले पहल गर्नुपर्ने बताउँदै स्थानीय नागरिक, राजनीतिक दलका साथै सङ्घसंस्थाको सहयोग आवश्यक पर्ने बताउनुभयो । मधेस प्रदेशमा सबैभन्दा कम वन क्षेत्र धनुषामा रहेको छ ।
Facebook Comments Box