सहारा दैनिक

spot_img
Homeदेशराष्ट्र हितलाई प्राथमिकतामा राख्नु पर्छ–नेता डा. कोइराला

राष्ट्र हितलाई प्राथमिकतामा राख्नु पर्छ–नेता डा. कोइराला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ असार ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षेत्रीय समितिले वीरगंजमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरलाले यस्तो धारणा राख्नु भएको हो ।
सो अवसरमा कांग्रेस–एमाले विचको नयां समिकरण बारे बोल्दै उहाले कांग्रेस–एमाले मिल्नु पर्छ भनेर सात/आठ महिना पहिला देखि नै बोल्दै आएको र हिजो मात्र उसले मुर्त रूप पाएको बताउनु भयो ।
उहा अहिलेको निर्वाचन प्रणालीले मुलुक सधैं भरी अस्थिर हुने भएकाले अब संविधान परिवर्तन गरेर जनताको जिवन स्तर उठाउनका लागी राजनीति गर्नु परेको बताउनु भयो ।
नेता कोइरालाले प्रधानमन्त्री र मन्त्री को बन्ने विषयमा कांग्रेस र एमालेका नेता अल्झिन नहुने बताउदै नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव पनि दिनुभयो ।
उहाले हामी दुई ठुला देशको बीचमा छौं, राजनीतिज्ञ व्यवसायी र ब्युरोक्रेसीले मुलुक खाई सकेको छ, यो नेक्ससलाई हामी तोड्न जरुरी छ भन्दै कांग्रेस–एमालेको सरकार जो अब बन्ने भएको छ यो जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाले अब बन्ने कांग्रेस र एमाले सहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको धारणा पनि राख्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रमेश रिजाल, सांसद अजय चौरसिया, कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, अनिल रुंगटा, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, शंकर चौधरी र नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव दीपेन्द्र चौहान लगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको जिवनी बारे प्रकाश पार्दै पार्टी र राष्ट्रलाई बलियो बनाउन खेल्नु भएको भूमिकाबारे आ–आफ्ना विचार राख्नुभएको थियो ।
वीरगंज महानगरपालिका वडा नं. २ छपकैया इदगाह चोकमा स्थापना गरिएको स्व. कोइरालाको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -