सहारा दैनिक

spot_img
Homeदेशराष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आहृवान

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आहृवान

काठमाडौँ, १८ असार (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आहृवान गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आहृवान गरेको हो ।
साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई अनुरोध गरेको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ । साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -